हवाईजहाजको भाडा नियन्त्रण गर्न अनेरास्ववियुको माग

बुधबार, १६ असोज, २०८१
डिजिटल संस्करण

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले हवाईभाडाको अनियन्त्रित मूल्यलाई तत्काल नियमन गरी सर्वसुलभ बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसमक्ष माग गरेको छ । अनेरास्ववियुका कार्यवाहक अध्यक्ष गोविन्द गिरी संयोजकत्वको टोलीले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पाण्डेलाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो । 

‘भर्खरै मात्र अविरल वर्षाले नेपाल देशभर मुख्य तथा सहायक राजमार्ग बाढीपहिरोका कारण अवरुद्ध भएको मौकामा एक्कासि हवाई यात्राको मूल्यमा चरम वृद्धि हुँदा आमजनता प्रत्यक्ष मारमा परेका छन्, जसको गुनासो सामाजिक सञ्जालमा र सञ्चारमाध्यमबाट समेत प्रकट भइरहेको छ,’ ज्ञापनपत्रमा भनिएको छ । अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै मन्त्री पाण्डेले चाडपर्व र यस्तो विपत्का वेलामा बढी भाडा नअसुल्न निर्देशन दिइसकिएको बताए । 

सुझावित समाचार