पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण

नेपाल आयल निगम लिमिटेडले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ ।

पेट्रोल १ रुपैयाँ, डिजेल र मट्टीतेल समान २ रुपैयाँ साथै आन्तरिक हवाई इन्धन ६ रुपैयाँ घटाएको निगमले जनाएको छ । त्यस्तै, बाह्य हवाई इन्धन ४५ रुपैयाँ प्रतिकिलोलिटरले घटेको छ । मूल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोल १५८ र डिजेल तथा मट्टीतेल समान १४७ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

आन्तरिक हवाई इन्धन प्रतिलिटर १२६ रुपैयाँ कायम भएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीले त्रिभुवन विमानस्थलबाट इन्धन भर्दा ९६० डलर र भैरहवा तथा पोखरा विमानस्थलबाट इन्धन भर्दा ८६० डलर प्रतिकिलोलिटर पर्नेछ ।

See More On

सुझावित समाचार