फोनपे र कर्मचारी सञ्चय कोषबिच डिजिटल भुक्तानीसम्बन्धी साझेदारी

सोमबार, १४ असोज, २०८१
डिजिटल संस्करण

फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोषबिच एपिआई आधारित होस्ट-टु-होस्ट (H2H)भुक्तानीको सुविधा प्रदान गर्न एक महत्त्वपूर्ण साझेदारी भएको छ।

यो इन्टेग्रेसनले, कर्मचारी सञ्चय कोषको एप (इआरपी) प्रणालीलाई फोनपेको भुक्तानी प्रणालीसँग जोडेको छ। यसो गर्दा, कर्पोरेट भुक्तानीहरू जस्तै, व्यवसायदेखि ग्राहक (B2C), व्यवसायदेखि व्यवसाय (B2B) र व्यवसायदेखि सरकार (B2G) सम्मको भुक्तानी सरल अनि सजिलो भएको छ। साथै, यो व्यवस्थाले फोनपेको इन्टरओपरेबल बिलर प्लेटफर्ममार्फत सापटीहरूबाट प्राप्त रकम संकलन गर्न कर्मचारी सञ्चय कोषलाई सक्षम बनाउनेछ।

यस रणनीतिक साझेदारीको फलस्वरूप, अब कर्मचारी सञ्चय कोषमा आबद्ध सदस्यहरूले मोबाइल बैंकिङ एप्स, इन्टरनेट बैंकिङ र ओम्नी च्यानल वेबसाइटहरूमार्फत सजिलै आफ्नो भुक्तानी गर्न सक्नेछन्। आधुनिक डिजिटल भुक्तानी पूर्वाधार जस्तै H2H भुक्तानी इन्टेग्रेसनले कर्पोरेट भुक्तानीहरूको साथसाथै विभिन्न वित्तीय प्रक्रियाहरूलाई पनि सरल बनाउँछ।

फोनपे, नेपाल राष्ट्र बैंकद्वारा इजाजतपत्र प्राप्त र नियमन गरिएको नेपालको सबैभन्दा ठुलो भुक्तानी प्रणाली सञ्चालक हो। एफवान सफ्ट समूहको सहायक कम्पनी, फोनपे एक आइएसओ/आइइसी २७००१:२०२२ प्रमाणित कम्पनी हो।

सुझावित समाचार