रास्वपाले भन्यो– दुईतिहाइ सरकारको हैसियत विपत्मा देखियो

सोमबार, १४ असोज, २०८१
डिजिटल संस्करण

पार्टीको केन्द्रीय समिति बैठकमा व्यस्त रास्वपाले दुईतिहाइको सरकारको हैसियत दुई दिनको पानीले देखाएको भन्दै कडा आलोचना गरेको छ ।

‘दुई दिनको पानीले दुईतिहाइको सरकारको औकात देखाइदियो । पहिलो र दोस्रो दलको सशक्त सरकार बन्छ र समस्याहरू सहजै पार लाउँछ भनिएको थियो । तर, यो गठबन्धन त तेस्रो, चौथो दल, बालेन, हर्क, कुलमानहरू लखेट्न मात्रै बनेको रहेछ । त्यसैले गर्दा यस्तो अवस्था आउँदा खोइ त तयारी ?’ प्रवक्ता मनीष झाले सञ्चारकर्मीहरूसँग भने, ‘यो सरकार असंवेदनशील, अकर्मण्य, अक्षम र असफल साबित भएको छ ।’

नागरिकलाई सूचना जारी गर्नेबाहेक पीडित नागरिकहरूको उद्धारमा सक्रियता प्रदर्शन नगरेको भन्दै रास्वापाले खेद प्रकट गरेको छ । साथै, अपेक्षित भूमिका निर्वाह गर्न सरकारको ध्यानाकर्षण पनि गरेको छ ।

See More On

सुझावित समाचार