काभ्रेमा मृत्यु हुनेको संख्या ३१ पुग्यो, १९ बेपत्ता

आइतबार, १३ असोज, २०८१
डिजिटल संस्करण
काभ्रेमा मृत्यु हुनेको संख्या ३१ पुग्यो, १९ बेपत्ता

तस्बिर: इन्द्रबहादुर थापा/नयाँ पत्रिका (काभ्रे)

अविरल वर्षापछिको बाढीपहिरोमा परेर काभ्रेमा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ। ४२ जना घाइते भएका छन्।

अझै पनि १९ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। बिपी राजमार्ग तथा पनौतीलगायतका स्थानबाट ९४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिइन्। 

काभ्रेका सबैजसो पालिकामा बाढीपहिरोले क्षति गरेको छ। सबैभन्दा धेरै क्षति पनौती, रोशी र तेमालमा भएको छ। 

तस्बिरहरू: इन्द्रबहादुर थापा/नयाँ पत्रिका (काभ्रे)

सुझावित समाचार