हवाई भाडा वृद्धि नियन्त्रण गर्न राज्य व्यवस्था समिति सभापतिद्वारा सरकारको ध्यानाकर्षण

आइतबार, १३ असोज, २०८१
डिजिटल संस्करण
हवाई भाडा वृद्धि नियन्त्रण गर्न राज्य व्यवस्था समिति सभापतिद्वारा सरकारको ध्यानाकर्षण

फाइल तस्बिर

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले हवाई भाडा वृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

आइतबार विज्ञप्तिमार्फत उनले दसैँको मुखमा आएको विपत्तिको समयमा कम्पनीले आफूखुसी भाडा बढाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

बाढीपहिरोले सडक यातायात अवरुद्ध रहेको मौका छोपी हवाई भाडा बढाएको भन्दै खतिवडाले भनेका छन्, ‘यस विकराल तथा प्रतिकूल परिस्थितिमा आवतजावतको विकल्पको रूपमा रहेको हवाई यातायातसमेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरूले आफूखुसी हवाई  भाडा बढाउँदा आमनागरिकमा यसले ठुलो असर पारेको देखिन्छ।’

सुझावित समाचार