सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल

आइतबार, १३ असोज, २०८१
डिजिटल संस्करण
सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल

फाइल तस्बिर

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आइतबार दिउँसो चीनबाट स्वदेश फर्किएका छन्।

भीषण बाढी र पहिरोले जनधनमा ठुलो क्षति पुर्याएकोमा दुःख व्यक्त गर्दै अर्थमन्त्री पौडेलले सरकारले सबै सामर्थ्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताए।

उनले अहिलेको परिस्थितिलाई सबै एकजुट भएर सामना गर्ने बताउँदै आ–आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरे।

अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री ही लिफेङको निमन्त्रणामा असोज ७ गते चीन गएका थिए।

सुझावित समाचार