पुलमाथिबाट बग्न थाल्यो सप्तकोशी नदी

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण
पुलमाथिबाट बग्न थाल्यो सप्तकोशी नदी

तस्बिर : साैरभ यादव/नयाँ पत्रिका ।

सप्तकोशी नदीको पानी कोशी ब्यारेजको पुलमाथिबाट बग्न थालेको छ। नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेजको पुलमाथिबाट बाढी बग्न सुरु भएको हो। 

ब्यारेजको १ देखि १९ नम्बरसम्मको ढोकानजिक भएर पुलमाथिबाट पानी बगिरहेको छ। आज साँझ सात बजे मापन गरिएअनुसार सप्तकोशीको बहाव पाँच लाख ६१ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ। 

कोशी ब्यारेजका ५६  ढोका खुला गरिएको छ भने कोशी ब्यारेज नियन्त्रण कक्षले ‘रेडअलर्ट’ जारी गरेको छ। जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि यातायातका साधन आवजावतमा रोक लगाएको छ। 

‘पानीको बहाव अत्यधिक बढेको छ। त्यसैले, अर्को सूचना नआएसम्म सवारीसाधनलाई रोक लगाइएको हो,’ सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रान्तीले नयाँ पत्रिकासँग भने। 

सुझावित समाचार