पहिराेले कालीगण्डकी करिडोर अवरुद्ध

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

पहिराेले  गएरातिदेखि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। कालीगण्डकी करिडोरको गैडाकोट ३ चिहान डाँडामा सालको रुख ढलेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ। यता पूर्व-पश्चिम राजमार्गको दाउन्ने सडक भने सुचारु रहेको प्रहरीले जनाएको छ।

नवलपुरको हुप्सेकोट, ५ पांग्रेस्थित दलदले –डेढगाउँ सडक अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय रुद्रपुरका अनुसार आज बिहान अविरल वर्षाका कारण माथिबाट खसेको पहिरोले बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। बाटो खुलाउनका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ।  

सुझावित समाचार