अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीमा पाँच विद्यार्थी बेपत्ता भएका छन्।
शुक्रबार कुलेखानीको ड्याम खोल्ने जानकारी पाएपछि एकेडेमीका खेलाडी सुरक्षित स्थानतर्फ जाँदा बेपत्ता भएको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी गराए। उनको अनुसार पाँचजना सहज बाटो जाने क्रममा पहिरोमा परेका थिए।
पाँचमध्ये तीनजनाको शव फेला परेको पनि उनले पुष्टि गरेका छन्। उनका अनुसार थप दुई विद्यार्थीको खोजीकार्य जारी छ। एन्फाले सिस्नेरीमा गत वर्ष पहिलोपटक एकेडेमी सञ्चालन गरेको थियो । जसमा ४० विद्यार्थी थिए। अन्य विद्यार्थी भने सकुशल रहेको ठकुरीले जनाएका छन्।