बिहीबार बेलुकादेखि निरन्तर आएको झरीले लिसंखुपाखर गाउँपालिका वडा नं ३ वाफलमा पहिरो जाँदा घर पुरिएर वृद्ध दम्पतीको मृत्युु भएको छ।
मृत्युु हुनेमा पूर्ववडाध्यक्ष ७२ वर्षीय काजीबहादुर लामा र उनको पत्नी रहेका छन्। लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले दिएको जानकारीअनुसार गएराति १ बजे आएको पहिरोमा परी दम्पतीले घटनास्थलमै ज्यान गुमाएका हुन्।
रातको समयमा छिमेकीले उद्धारको प्रयास गरे तापनि घर पूर्ण रूपमा पुरेकाले उद्धार गर्न नसकिएको अध्यक्ष लामाले बताए।