गण्डक नहरका सबै ढोका खोलिए

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

नारायणी नदीमा पानीको सतह बढेपछि गण्डक नहरका सबै ढोका खोलिएको छ।नवलपुरका प्रमुख जिल्ला अधिकारी अरूण पोख्रेलले गण्डक आज विहान गण्डक नहरका सबै ढोका खोलिएको बताए । 

नारायणी नदीको बाढीले गैडाकोट २ को बोटेटोल र सुकुम्बासी टोल गएराति डुबेको छ। नारायणीको पानी पसेर पानी ३ फिट सम्म उचाई पुगेपछि यहाँका ३४/३५ घर बासिन्दालाई स्थानान्तरण गरिएको छ।  अहिले नारायणी नदीको त्रिवेणी गण्डक क्षेत्रमा तीन लाख ६५ हजार क्यूसेक पानीको बहाब रहेको छ।

सुझावित समाचार