काठमाडौं उपत्यका जलाम्य, बागमती, खोकना र मनोहराले पार गरे खतराको तह

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण
काठमाडौं उपत्यका जलाम्य, बागमती, खोकना र मनोहराले पार गरे खतराको तह

शुक्रबार साँझ नै जलमग्न बनेको काठमाडौं उपत्यकाको तस्बिर। तस्बिर: संजित परियार/नयाँ पत्रिका।

काठमाडौं उपत्यका भएर बग्ने बागमती नदी, खोकना, मनोहराले खतरा तह पार गरेका छन्। कतिपय स्थानमा जलस्तरले नदीको सतह पार हुँदा बस्तीमा बाढी पसेको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बिहानीपख सूचना जारी गर्दै ती नदी तथा खोलामा जलस्तर खतराको तह पार गरिसकेको जनाएको हो।

हनुमन्ते, खोड्कु खोलाले सतर्कता तह पार गरेका छन्। धोवीखोला, विष्णुमती र बल्खु खोला सतर्कता तह आसपास, पानी बगिरहेको छ।

महाशाखाले नदी तटीय क्षेत्रमा डुवान तथा बाढीको उच्च जोखिम रहेको भन्दै शनिबार दिउँसोसम्म नै उच्चसतर्कता अपनाउन अपिल गरेको छ।

सुझावित समाचार