काठमाडौं जिल्लास्तरीय नकआउट लिग फुटबल : दक्षिणकाली र चित्लाङको विजयी सुरुवात

शुक्रबार, ११ असोज, २०८१
डिजिटल संस्करण

दक्षिणकाली युवा क्लब र चित्लाङ युवा क्लबले काठमाडौं जिल्लास्तरीय नकआउट लिग फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । 

काठमाडौंको सानो गौचरनमा भएको उद्घाटन खेलमा संयुक्त नमुना युवा क्लबलाई दक्षिणकाली युवा क्लबले २–० ले हराउँदै  तीन अंक जोडेको छ । दिनको दोस्रो खेलमा चित्लाङ युवा क्लबले अनुशासित ब्वाइज क्लबलाई २–० ले हरायो ।  

तेस्रो खेलमा १–१ को बराबरी खेल्दै सानो गौचरन युवा क्लब र विआर ब्रदर्शले समान एक अंक जोडेका छन्। यसअघि उद्घाटन काठमाडौं जिल्ला फुटबल संघका सदस्य रुद्रबहादुर मल्ल र प्रशिक्षक देवेन्द्र शाहीले रेफ्रीलाई बल हस्तान्तरण गर्दै गरेका थिए । 

काठमाडौं जिल्ला फुटबल संघको आयोजनामा चलिरहेको प्रतियोगितामा विभिन्न १३ टोली सहभागी छन् ।

सुझावित समाचार