ललितपुरको खोकना क्षेत्रमा बागमती नदीको जलसतह खतरा तहभन्दा धेरै माथि पुगेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार खोकनामा बागमतीको जलसतह ४.९६ मिटर पुगेको छ। जब कि ४ मिटर पुगेमा खतरा तह पार गरेको मानिन्छ।
यस क्षेत्रमा पानीको बहाव अझै बढ्दो क्रममा छ। बागमती नदीको ललितपुर, मकवानपुर, सर्लाही र रौतहटमा तटीय क्षेत्रमा रहनेलाई शनिबार दिउँसोसम्मै उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ।
यसैगरी, मनोहरा खोला बालकुमारी क्षेत्रमा पनि पानीको बहाव सतर्कता तहआसपास पुगेको छ। झरी कायमै रहने भएकाले यस क्षेत्रमा चाँडै सतर्कता तहमाथि पुग्ने देखिन्छ।