सप्तरी र सुनसरीको बिचमा पर्ने कोशी ब्यारेजको ३४–३६ नम्बर ढोकाको बिचबाट सप्तकोशी नदीमा खसेको बसका सबै यात्रुको सकुशल उद्धार गरिएको छ।
विराटनगरबाट गाईघाट जाँदै गरेको को. १ख ४६०१ नम्बरको बस आज साँझ नदीमा खसेको थियो। सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले सबै १७ यात्रुको सकुशल उद्धार गरिएको जानकारी दिए।
प्रहरीले बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिराहाको लाहान नगरपालिका वडा नम्बर ८ बस्ने ३५ वर्षीय बसचालक चन्दनकुमार मेहतालाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले बताए।