आज पनि सुनको मूल्यमा कीर्तिमान

बिहिबार, १० असोज, २०८१
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो ।

तोलामा  तीन सयले रुपैयाँले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । बुधबार प्रतितोला  एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने  एक लाख ६० हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला  एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि पनि समान नै निर्धारण भएको छ । 

See More On

सुझावित समाचार