ज्योति विकासले दियो नेत्रावती अस्पताललाई बेबी वार्मर

बिहिबार, १० असोज, २०८१
डिजिटल संस्करण

ज्योति विकास बैंकले धादिङको नेत्रावती डबजोङ अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउनका लागि सो बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको हो । बैंकको सामरी शाखाको पहलमा यो कार्य भएको हो । 

अस्पतालमा आयोजित कार्यक्रममा बैंक तथा अस्पतालका पदाधिकारीबिच सो बेबी वार्मर औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । साथै, सोही कार्यक्रमका बिच अस्पतालका डाक्टर, नर्सलगायत सम्बन्धित कर्मचारीहरूलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो । उपकरण जडानसँगसँगै त्यसको सदुपयोग निश्चित गर्न बैंकले विशेष तालिमका लागि पनि समन्वय गर्दै आएको छ ।

ग्रामीण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुको जीवन जोखिममा पर्न सक्ने भन्दै उक्त जोखिमलाई न्यूनीकरण गर्न बैंकले उपकरण उक्त अस्पताललाई प्रदान गरेको जनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत नेत्रावती डबजोङ अस्पतालसहित हालसम्म ४७ वटा मेसिन प्रदान गरेको जनाएको छ ।

सुझावित समाचार