आइएमई लाइफको नयाँ बिमा योजना

बिहिबार, १० असोज, २०८१
डिजिटल संस्करण

आइएमई लाइफ इन्स्योरेन्सले ‘बेस्ट टर्म लाइफ जीवन बिमा योजना’ नामक नयाँ म्यादी जीवन बिमा सार्वजनिक गरेको छ । सरल, किफायती र उपयोगी विशेषतासहित विभिन्न पेसामा आबद्ध व्यक्तिलाई लक्षित गरी यो बिमा योजना ल्याएको कम्पनीले जनाएको छ । 

१८ वर्षभन्दा माथिका व्यक्तिले न्यूनतम बिमांक रु. ५० हजार राखी यो योजनामा सहभागी हुन सक्नेछन् । यो विशेष म्यादी बिमा रोजगारमा प्रवेश गरेका व्यक्ति, नयाँ स्वरोजगारी, विभिन्न पेसागत व्यक्ति, खेलाडी आदिको रोजाइमा पर्ने कम्पनीको विश्वास छ । 

विभिन्न पूरक ऐच्छिक सुविधा, दुर्घटना बिमा लाभ, २१ घातक रोगविरुद्धको रक्षावरणसहित किन्न सकिने यो योजना घरबाटै अनलाइनमार्फत प्राप्त गर्न सकिनेछ भने बिमाशुल्क भुतmानी बिमितको इच्छाअनुसार एकैपटक वा नियमित रूपमा तिर्न सकिने व्यवस्था रहेको छ । 

सुझावित समाचार