पहिरोले कान्ति लोकपथ अवरुद्ध

बिहिबार, १० असोज, २०८१
डिजिटल संस्करण

बुधबार रातिको अविरल वर्षासँगै सडकमाथिबाट खसेको पहिरोका कारण हेटौँडा-काठमाडाैं जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । 

मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार कान्ति लोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका- ११ घट्टेपाखा क्षेत्रमा पहिरो खसेको हो । पहिरोका कारण बाटो पूर्ण रूपमा अवरुद्ध छ । 

मकवानपुर प्रहरीले बाटो खुलाउन सडक विभाग र फास्ट ट्रयाक निर्माण कम्पनीसँग समन्वय भइरहेको जनाइएको छ । बाटो क्लियर गर्न दिनभर लाग्न सक्ने प्रहरीले जनाएको छ ।

सुझावित समाचार