वडा नं. १६ ले जित्यो फुटसल उपाधि

बिहिबार, १० असोज, २०८१
डिजिटल संस्करण

दोस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगिताको उपाधि वडा नं. १६ ले जितेको छ । लैनचौर फुटसलमा बुधबार भएको फाइनलमा वडा नं. १६ ले १२ लाई ५–२ ले हराउँदै ट्रफी हात पारेको हो । उपाधि विजेता वडा नं. १६ ले दुई लाख र उपविजेता वडा नं. १२ ले एक लाख रुपैयाँ पाएका छन् । वडा नं. १६ का आयुष कुँवर प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका छन् । 

वडा नं. १६ का मनोज महर्जन सर्वाधिक गोलकर्ता भए । उत्कृष्ट गोलरक्षक वडा नं. १२ का मनोज महर्जन भएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मध्यान्तरसम्म फाइनल खेल हेरेका थिए । काठमाडौं महानगरपालिकाका प्रशासकीय प्रमुख सरोज गुरागाईं तथा आयोजक वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनलगायतले विजेतालाई पुरस्कृत गरेका छन् । १ असोजदेखि सुरु भएको नकआउट प्रतियोगितामा काठमाडौं महानगरपालिका केन्द्रसहित ३१ वडाले सहभागिता जनाएका थिए ।

See More On

सुझावित समाचार