भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा

बुधबार, ९ असोज, २०८१
डिजिटल संस्करण

निर्णायक खेलमा आयोजक भुटानलाई २–१ ले हराउँदै नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालको कमब्याक जितमा कृष्णबहादुर आले र सुजल डंगोलले गोल गरेका थिए। 

समूह ‘बी’ मा नेपालले तीन खेलबाट ६ अंक बटुल्यो। तीन खेलबाट चार अंक बटुलेको भुटान भने बाहिरिएको छ। समूहबाट ७ अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गर्यो। नेपाल उपविजेता बनेको छ। अब, फाइनल प्रवेश गर्न नेपाल समूह ‘ए’ को विजेता भारतको सामना गर्दा पाकिस्तानले बंगलादेशसँग खेल्नेछ। 

यसअघि नेपाल समूहको पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित हुँदा दोस्रो खेलमा श्रीलंकालाई ४–० ले हराएको थियो। श्रीलंकाविरुद्ध सुजनलले ह्याट्रिक गरेका थिए। 

सेमिफाइनल २८ सेप्टेम्बरमा हुँदा फाइनल ३० सेप्टेम्बरमा हुनेछ।

सुझावित समाचार