पुजन थापामगरले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। पुजन र सुनिता बुढा क्षेत्रीको स्वर रहेको ‘फर्की आउनेछैन’ बाेलकाे गीतको भिडियो ‘पुजन थापामगर’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
विक्रमबाबु विश्वकर्माको शब्दमा अनिस दवाडीले संगीत भरेका छन्। गीतमा पूर्ण संयोगको एरेन्ज तथा विमल छिनालको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ छ। गीतमा भुवन गन्धर्वले ढोलक, तबला र मादल, रत्न विकेले बाँसुरी तथा हेमन्त कान्छा रसाइलीले सारंगी बजाएका छन्।
देवेन्द्र बब्लु, सरिता ढुंगाना र भरत पौडेल फिचर्ड म्युजिक भिडियो विशाल घिमिरेले निर्देशन गरेका हुन्। भिडियो कथा पनि घिमिरेले नै तयार गरेका हुन्। बुद्ध थापा र टिमको सिनेमाटोग्राफी रहेको भिडियोमा भिजुअल इफेक्टको काम सुजन कोइरालाले गरेका छन्।