एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट काट्दा विशेष छुट

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

एनएमबी बैंकले बुद्ध भिसा डेबिट कार्डहोल्डरहरूका लागि चाडपर्वमा बुद्ध एयरको वेबसाइटबाट फ्लाइट टिकट काट्दा १० प्रतिशत क्यासब्याक (अधिकतम ५०० रुपैयाँसम्म) दिने घोषणा गरेको छ।

चाडपर्वको समयमा बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस् भन्ने सहकार्यका लागि सो अफर घोषणा गरेको बैंकले जनाएको छ। यो अफर छठसम्मका लागि लागू हुनेछ, जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्दछ।

थप जानकारीका लागि बैंकको कल सेन्टर ०१५९७०१७० वा नजिकैको शाखामा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । एनएमबी बैंकले हाल देशभरि २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

सुझावित समाचार