रजत पदक विजेता एरिकाको विमानस्थलमा स्वागत

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

२०औँ एसियाली सिनियर कराँते च्याम्पियनसिपको महिला ६८ केजीमाथि रजत पदक जितेकी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

उनलाई राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङलगायत खेलकुद पदाधिकारीले स्वागत गरे । 

आइतबार चीनको हाङझावस्थित स्पोर्टस् सेन्टर जिम्न्याजिममा सम्पन्न फाइनलमा एरिका भियतनामकी नाओन थी नुयेनसँग ६–० ले पराजित भएकी थिइन्। एसियाली सिनियर कराँतेमा नेपालले जितेको यो पहिलो रजत पदक हो। 

यसअघि एरिकाले प्रि–क्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० ले पराजित गरिन्। क्वार्टरफाइनलमा काजकिस्तानकी सोफिया बेरुल्टसेभाक तथा सेमिफाइनलमा थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले हराउँदै रजत पदक पक्का गरेकी थिइन् ।

सुझावित समाचार