नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ। सोमबार नेप्से ५९.०२ अंकले घटेर दुई हजार पाँच सय २९.३३ अंकमा कायम भएको हो।
आज नेप्सेमा ३२९ कम्पनीको एक करोड ३५ लाख ३५ हजार ९०३ कित्ता सेयर ७७ हजार १५३ पटक खरिद–बिक्री हुँदा रु. पाँच अर्ब ६६ करोड तीन लाख दुई हजार ६ सय ८३ बराबरको कारोबार भएको छ।
आज सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै वित्त समूहको उपसूचक ५.५६ प्रतिशतले घटेको छ। बैंकिङ १.२७, विकास बैंक २.४६, होटेल तथा पर्यटन ३.३४, जलविद्युत् २.८९ र लगानी समूह २.७३ प्रतिशतले घटेको छ।
त्यस्तै, जीवन बिमा समूह २.३५, उत्पादन तथा प्रशोधन १.८१, लघुवित्त २.५६, म्युचुअल फन्ड ०.४८, निर्जीवन बिमा २.६९, व्यापार ३.९३ र अन्य समूह २.२२ प्रतिशतले घटेको छ।
आजको कारोबारमा २२९ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ। हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ९.८४ प्रतिशतले बढेको छ। चारवटा कम्पनीको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ। गुडविल फाइनान्स लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, एनआइसी एसिया फ्लेक्स क्याप फन्ड र इस्टर्न हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको हो।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु. २१ करोड १३ लाख ४२ हजार ७३२ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने लक्ष्मी सनराइज बैंक लिमिटेड प्रमोटर सेयर पाँच लाख कित्ता खरिद–बिक्री भएको छ। रासस