नबिलका ग्राहकलाई र्‍याडिसन होटेलमा २० प्रतिशतसम्म छुट

बिहिबार, ३ असोज, २०८१
डिजिटल संस्करण

नबिल बैंक लिमिटेडका ग्राहकले र्याडिसन होटेलमा उपलब्ध हुने सेवा–सुविधामा विशेष छुट पाउने भएका छन् । छुटसम्बन्धी सम्झौतामा बैंकका रिटेल ट्रान्जेक्सन विभाग प्रमुख नीरज शर्मा र होटेलका फुड एन्ड बेभरेज निर्देशक केदार पाण्डेले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । 

समझदारीअनुसार बैंकका ग्राहकले र्याडिसन होटेलमा सेवा–सुविधाको भुक्तानी गर्दा नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एन बैंक, तथा एटिएम कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट दिइनेछ ।

यस्तो छुट खानेकुरा र पेय पदार्थ, पेस्ट्री पसल, स्पा तथा जिम सेवामा हुने समझदारीमा उल्लेख गरिएको छ । र्याडिसन होटेलसँगको यस समझदारीले बैंकका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने नबिल बैंकले जनाएको छ । 

See More On

सुझावित समाचार