दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध मुद्दामा अदालतद्वारा पक्राउ पुर्जी जारी

बुधबार, २ असोज, २०८१
डिजिटल संस्करण

व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतले साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौंले केही विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार प्रसाईंविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो ।

प्रहरीले गरेको सिफारिसका आधारमा प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत, काठमाडौंका श्रेस्तेदार रामु शर्माले बताए ।

पछिल्लो समय विभिन्न अभियानमा लागेका व्यवसायी प्रसाईंले नेताहरूविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोत बताउँछ । सामाजिक सदभाव भड्काउने शैलीमा अभिव्यक्ति दिएकाले सोही कसुरमा उनीमाथि अनुसन्धान अघि बढेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

सुझावित समाचार