बुद्ध एयरले भारतको वाराणसीमा तेस्रो उडान थप्यो

बुधबार, २ असोज, २०८१
डिजिटल संस्करण

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ। उक्त गन्तव्यमा यसअघि साताको दुई उडान भर्दै आएको कम्पनीले अब साताको तीन उडान गर्ने जनाएको छ। बुद्ध एयरले साताको सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ।

साताको तीन उडानले यात्रुलाई आवतजावतमा थप सहयोग पुग्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ। बुद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि रहेको जनाएकाे छ। यात्रुलाई भारतको गया गई सोह्रश्राद्ध गर्न थप सहयोग पुग्नेछ।

काठमाडौंबाट वाराणसी ५० मिनेटको उडानमा पुग्न सकिन्छ । वाराणसीका लागि सुरुआती एकतर्फी भाडा  ११ हजार तीन सय ६० रहेको छ । काठमाडौंबाट बिहान ७:१५ बजे तथा वाराणसीबाट ८:३० बजे उडान समय तोकिएको छ। बुद्ध एयरसँग हाल एटिआर ४२ दुई र एटिआर ७२१६ गरी कुल १८ विमान छन् ।

सुझावित समाचार