लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन अन्त्यको सिफारिस

मंगलबार, १ असोज, २०८१
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश सभाको बर्खे अधिवेशनमा ३५ वटा बैठक बसे भने प्रदेश सभाबाट स्थानीय सेवा विधेयक, विपत् व्यवस्थापन विधेयक, प्रदेश निजामती कर्मचारी संशोधन विधेयक र आर्थिक वर्ष ०८१/०८२ को बजेट खर्च गर्नका लागि बनेको विनियोजन विधेयक पारित भएको छ ।

सुझावित समाचार