एकीकृत समाजवादीका सांसद चौधरीलाई देशद्रोहको मुद्दा लगाउन एमाले सांसद ढकालको माग

सोमबार, ३१ भदौ, २०८१
डिजिटल संस्करण
एकीकृत समाजवादीका सांसद चौधरीलाई देशद्रोहको मुद्दा लगाउन एमाले सांसद ढकालको माग

प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै एमाले सांसद सुर्यप्रसाद ढकाल । तस्बिर : अमुल थापा/नयाँ पत्रिका।

एमाले सांसद सूर्यप्रसाद ढकालले एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका छन्। 
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद ढकालले यस्तो माग गरेका हुन्।
 
प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीले केही दिनअघि एक सञ्चारमाध्यममा लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्ने आशयको अभिव्यक्ति दिएका थिए। यसबारेमा उनलाई पार्टीले समेत स्पष्टीकरण मागेको थियो। 

सोही विषय उठाउँदै सांसद ढकालले भने, ‘एउटा पार्टीका सांसद, पूर्वमन्त्री र पदाधिकारीसमेत रहेका व्यक्तिले एउटा सञ्चारमाध्यममा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग होइन, यो भारतको भूभाग हो। भारतको दाबी जायज छ भनेर विचार व्यक्त गर्नुभएको छ। यस्ता अभिव्यक्ति राष्ट्रघाती, देशद्रोही, संविधानविरोधी कुरा हो। यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई देशद्रोहको मुद्दा लगाउन आग्रह गर्न चाहन्छु।’

सुझावित समाचार