सुनको मूल्यमा पुनः कीर्तिमान

सोमबार, ३१ भदौ, २०८१
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ। 
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो। 

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सयले वृद्धि भई कीर्तिमान कायम गरेको हो। महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ। 

आइतबार छापावाला सुन प्रतितोला एक लाख ५६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ। 

आइतबार प्रतितोला एक हजार नौ सयमा कारोबार भएको चाँदी सोमबारका लागि एक हजार नौ सय १५ रुपैयाँ निर्धारण भएको छ। (रासस)

सुझावित समाचार