प्रतिनिधिसभाको बैठक भोलि सोमबारसम्मलाई स्थगित भएको छ । दलहरूबिच सहमति नजुटेपछि बैठक सोमबार दिउँसो १ बजेलाई बोलाइएको हो।
एमाले सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै माओवादी केन्द्रले संसद् चल्न नदिने अडान लिएको छ। भट्टराईले जनयुद्ध, शान्तिसम्झौता र संविधानलाई अपमान गर्ने गरी हिंसा शब्द प्रयोग गरेको निष्कर्षसहित माओवादीले संसद् अवरोध गरेको हाे।
संसद् सहज रूपमा चलाउन सभामुख देवराज घिमिरेले आज दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।
आज १ बजेलाई प्रतिनिधिसभा बैठक बोलाइएकोमा दलहरूबिच सहमति नजुटेपछि आजै ३ः१५ का लागि बैठकको समय तोकिएको थियो। दोस्रो चरणको छलफलमा समेत प्रमुख सचेतकहरूबिच सहमति नजुटेपछि बैठक पुनः भोलिसम्मलाई स्थगित भएको हो।