प्रेरक प्रसंग : काम लाग्ने र नलाग्ने ज्ञान

आइतबार, ३० भदौ, २०८१
डिजिटल संस्करण

थोमस एल्वा एडिसन एक चर्चित र सफल वैज्ञानिक हुन् । उनको नाममा सबैभन्दा बढी व्यक्तिगत वैज्ञानिक आविष्कारको प्रतिलिपि अधिकार सुरक्षित छ । एक समय एडिसन स्टोरेज ब्याट्री बनाउने अभियानमा लागेका थिए ।

उनले एकपछि अर्को प्रयत्न गर्दा पनि सफल हुन सकिरहेका थिएनन् । जतिपटक प्रयास गरे पनि उनी आफूले सोचेजस्तो ब्याट्री बनाउने कार्यमा असफल भइरहेका थिए । पच्चीसपटकसम्म प्रयत्न गर्दा पनि उनले सफलता हात पारेनन् । तर, उनी आफ्नो उद्देश्यबाट पछि हटेनन् । 

जब उनी छब्बीसौँपटक सोही प्रयासमा जुटे, तब उनका एक शुभचिन्तकले उनीसँग प्रश्न गरे, ‘महाशय, तपाईंले यही कार्यका लागि पच्चीसपटक प्रयत्न गरिसक्नुभयो । तर, तपाईं पच्चीसैपटक असफल हुनुभयो । 

आफ्नो यस्तो अमूल्य समय र परिश्रम व्यर्थमा किन गुमाइरहनुभएको छ ? आफ्ना यी व्यर्थका प्रयत्नबाट तपाईंले के ज्ञान पाउनुभयो ?’ ती शुभचिन्तकको प्रश्न सुनेर एडिसन मुसुक्क मुस्कुराए र भने, ‘महाशय, मैले यी असफल २५ प्रयत्नमा यस्ता तरिकाबारे अमूल्य ज्ञान पाएको छु, जसबाट स्टोरेज ब्याट्री कुनै पनि हालतमा बन्न सक्दैन ।’

सुझावित समाचार