भाइको हत्या आरोपमा दाइ पक्राउ

शुक्रबार, २८ भदौ, २०८१
डिजिटल संस्करण

झापामा भाइको हत्या आरोपमा दाइ पक्राउ परेका छन्। झापा शिवसताक्षी नगरपालिका– ८ बस्ने ४१ वर्षीय रामप्रसाद सिटौला आफ्नै घरको बलेँसीमा मृत अवस्थामा भेटिएका थिए।

उनको टाउको र अनुहारमा चोट देखिएकाले घटना शंकास्पद भएको भन्दै मृतकका दाजु ४५ वर्षीय नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

सुझावित समाचार