तोलामा एक सयले घट्यो सुनको मूल्य

बिहिबार, २७ भदौ, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५३ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो । यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला एक हजार सात सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ९५ निर्धारण भएको छ ।     

 

See More On

सुझावित समाचार