पौडी खेल्ने क्रममा एक भारतीयको मृत्यु

बिहिबार, २७ भदौ, २०८१
डिजिटल संस्करण

पौडी खेल्ने क्रममा एक भारतीयको पोखरामा मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा भ्रमणका लागि नेपाल आएका भारत उत्तर प्रदेश लखनउ घर भएका वर्ष २३ का देवान सिंह रहेकाे कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।

पोखरा महानगरपालिका– १७ पावरहाउसस्थित रहेको पावरहाउस रिसोर्टभित्र रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनको मंगलबार मृत्यु भएको हो । पौडी खेल्ने क्रममा अचानक डुबेका उनलाई साथीले देखेर तत्काल पानीबाट बाहिर निकाली उपचारका लागि गण्डकी मेडिकल कलेज ल्याएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको मणिपाल शिक्षण अस्पतालमा पोस्टमार्टमपछि मृतकका बुबा रुकमेन्द्रप्रताव सिंहले बुधबार शव बुझेर भारततर्फ लगेको प्रमुख थापाले जानकारी दिए । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।
 

सुझावित समाचार