‘संख्याको दम्भले लोकतन्त्रको घाँटी निमोठ्ने सरकारको प्रयास’

मंगलबार, २५ भदौ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सरकारले संख्याको दम्भमा लाेकतन्त्रको घाँटी निमोठ्ने प्रयास गरेको आरोप लगाएकी छिन्। मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गौतमले राज्यले परिकल्पना गरेको समाज कस्तो हो ? भनेर प्रश्न गरिन् ।

सरकारले जनतालाई भुसुनाबराबर पनि नसम्झेको भन्दै उनले सामाजिक सञ्जालमा सरकारका विरुद्ध लेखेको आधारमा पक्राउ गरेर मुद्दा चल्नु कस्तो लोकतन्त्र हो ? भनिन् ।

उनले जनतालाई मन परे जिन्दावाद, मन नपरे मुर्दावाद भन्ने अधिकार भएको भन्दै सार्वजनिक कार्यक्रममा सरकारका कार्यप्रति असन्तुष्ट राखेर मुर्दावाद भनेकै आधारमा पक्राउ गरेर मुद्दा चलाउनु राणाकालीन समय भएको उल्लेख गरिन् । 

सुझावित समाचार