गुल्मीकाे बडिगाड खोलामा ८५ वर्षीया वृद्धाकाे शव फेला

शुक्रबार, २१ भदौ, २०८१
डिजिटल संस्करण

गुल्मीको मुसिकोट नगरपालिका- १ की ८५ वर्षीया ढकलकुमारी घिमिरे बडिगाड खोलामा मृत फेला परेकी छिन् । उनी भदौ ११ गते बिहान  ७ बजेबाट परिवारको सम्पर्कमा थिइनन् ।

बिहीबार दिउँसो मुसिकोट नगरपालिका- ४ को दिगामचौरस्थित बडिगाड खोलाकिनारमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले जानकारी दिए ।

मृतकका छोरा तुल्सीराम घिमिरे र बुहारी मधु घिमिरेले शवको सनाखत गरेका छन् । शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घासमा राखिएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

See More On

सुझावित समाचार