हिमालयन लघुवित्तले बिमा दाबी रकम हस्तान्तरण गरेको छ । लघुवित्तले कञ्चन गाउँपालिका– ४, थकालीचोकस्थित मृतकका परिवारलाई १० लाख २५ हजारबराबरको बिमा रकम हस्तान्तरण गरेको हो ।
संस्थाले चट्याङबाट मृत्यु भएकी ज्ञानमती थारूको घरमै पुगी उनका श्रीमान् अमिरिका थारूलाई १० लाख २५ लाखबाट कर कट्टा गरी हुन आउने आठ लाख ५३ हजारको चेक हस्तान्तरण गरेको जनाएको छ ।
सो बिमा रकम संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी र गैडहवा गाउपालिका– १ का वडाध्यक्ष प्रदीपकुमार चौधरीले हस्तान्तरण गरे ।