पदक विजेता पलेसा राष्ट्रपतिबाट सम्मानित

बुधबार, १९ भदौ, २०८१
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितेकी पलेसा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन्।

शीतलनिवासमा आयोजित एक कार्यक्रमबिच पदक विजेता पलेसालाई राष्ट्रपति पौडेल र प्रथम महिला सबिता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

पलेसाका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिइएको थियो। सम्मानपछि राष्ट्रपति पौडेलले पलेसालाई शुभकामना दिँदै देशको शिर उँचो भएको र अर्कोपटक स्वर्ण पदक अपेक्षा गरेको बताए।

सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो। कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेसाका बाबुआमा र खेल संघका पदाधिकारीहरूको सहभागिता थियो।

सुझावित समाचार