काठमाडौंको वडा १२ र नेपाल आँखा अस्पतालबिच सम्झौता

बुधबार, १९ भदौ, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका वडा नम्बर १२ र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरबिच आँखा स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन तथा उपचार  गर्नेसम्बन्धी सम्झौता भएको छ।

आर्थिक वर्ष ०८१/८२ मा वडावासीलाई निःशुल्क आँखा स्वास्थ्य  सेवा प्रदान गर्ने उद्देश्यले मंगलबार सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा वडाध्यक्ष बालकृष्ण महर्जन र अस्पतालका प्रमुख कार्यकारी निर्देशक धर्मराज गोसाईंले हस्ताक्षर गरेका छन्।

यस कार्यक्रमबाट वडावासीले थप सुविधा प्राप्त गर्ने विश्वास लिएको वडाध्यक्ष महर्जनले बताए। यसैगरी अस्पतालका कार्यकारी निर्देशक गोसाईंले परीक्षणका रूपमा याे कार्यक्रम सञ्चालन गरी भविष्यमा अझ प्रभावकारी ढंगबाट अघि बढ्ने जानकारी गराए।

सुझावित समाचार