कान्तिपुर फर्मास्युटिकल्स ल्याबले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको १४.८६ प्रतिशत अर्थात् ११ लाख कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।
सेयर निष्कासनको प्रक्रिया अघि बढाउन कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको जनाएको छ । सम्झौतापत्रमा फर्मास्युटिकल्स ल्याबका सञ्चालक नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
सन् २०१८ मा स्थापित कम्पनीले भेटेरिनरीसम्बन्धी औषधिको अनुसन्धान तथा आहारपूरक सप्लिमेन्ट उत्पादन तथा बिक्री–वितरण गर्दै आइरहेको छ । त्यस्तै, औषधि व्यवस्था विभागबाट ६१ वटा औषधिको उत्पादन स्वीकृति प्राप्त गरिसकेको कम्पनीले नेपाली बजारमा १३ वटा औषधि बिक्री–वितरण गर्दै आएको जनाएको छ ।