नेपाल एसबिआई बैंक लिमिटेड र बुद्ध एयर प्रालिबिच एयर टिकटमा ८ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा र बुद्ध एयर प्रालिका सञ्चालक रुपेश जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा बैंकका सल्लाहकार छविराज पन्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक प्रवीणमुनि बज्रचार्यलगायतको समेत उपस्थिति थियो ।
हाल बैंकले एक सय शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटिएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।