सानिमा बैंक र सिजी मोबाइलबिच सहकार्य

सोमबार, १७ भदौ, २०८१
डिजिटल संस्करण

सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सिजी मोबाइल प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ।

यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत सिजी मोबाइल प्रालिमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरूलाई विशेष छुटको व्यवस्था गरेको छ।

नथिङ र सिएमएफ ब्रान्डका मोबाइल फोनको खरिदमा ७.४ प्रतिशतसम्म तथा इयरबड र अन्य एसेसरिजको खरिदमा नाै प्रतिशतसम्मको छुट पाउने बताइएको छ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी (इएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन्। 

सुझावित समाचार