सूर्यज्योतिद्वारा विभिन्न विधामा अवार्ड वितरण

सोमबार, १७ भदौ, २०८१
डिजिटल संस्करण

सूर्यज्योति लाइफ इन्स्योरेन्सको एजेन्सी अवार्ड नाइट कार्यक्रम सम्पन्न भएको छ । गत आर्थिक वर्षमा देशभरबाट उत्कृष्ट व्यवसाय गरेका विभिन्न विधाका एजेन्सी म्यानेजर र अभिकर्तामध्येबाट सर्वोत्कृष्टलाई अवार्डबाट सम्मानित गरिएको छ ।

त्यस्तै, ‘व्यक्तिगत कोड’ र ‘टिम व्यवसाय’अन्तर्गत सर्वाधिक व्यवसाय गर्ने अभिकर्तालाई ‘सूर्यज्योति ओजस्वी रत्न अवार्ड र ‘सूर्यज्योति रत्न अवार्ड’बाट सम्मानित गरिएको छ । व्यक्तिगत कोडमा बुटवलका शाखाअन्तर्गत कार्यरत कमलप्रसाद घिमिरे र सामूहिक व्यवसायमा कोहलपुर शाखाअन्तर्गत कार्यरत गौरवकुमार शाहीद्वयलाई सूर्यज्योति रत्न अवार्डबाट ट्रफी र नगदसहित सम्मानित गरिएको हो । 

त्यस्तै, प्रोडक्ट एम्बासडरअन्तर्गत ‘सजिलो भुक्तानी बिमा योजना’ र सावधिक जीवन बिमा योजनाअन्तर्गत क्रमशः गौरवकुमार शाही र सिर्जना पन्तलाई ट्रफी, सम्मानपत्र र नगद पुरस्कार  प्रदान  गरिएको बताइएको छ । 

त्यस्तै, कम्पनीले एमडिआरटी २०२५ का क्वालिफायर्स र चेयरम्यान क्लबअन्तर्गतका ५२ जनालाई समेत सम्मान गरेको छ । कम्पनीले सर्वाधिक व्यवसाय, अभिकर्ता नियुक्ति र बिमालेखका आधारमा उत्कृष्ट १० जना एजेन्सी म्यानेजर र १० जना अभिकर्तालाई ट्रफीसहित सम्मान गरेको थियो । 

साथै, सर्वाधिक व्यवसाय गर्ने तथा अभिकर्ता नियुक्ति गर्ने र बिमालेख जारी गर्ने शाखामध्ये क्रमशः बुटवल पाल्पारोड शाखा र जनकपुर मिल्सरोड शाखालाई सिल्डसहित भव्य रूपमा सम्मानित गरिएको थियो । 
 

सुझावित समाचार