आज मोतीजयन्ती मनाइँदै

सोमबार, १७ भदौ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५९औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

वि.सं. १९२३ भाद्र कृष्ण कुसेऔँसीका दिन जन्मेर वि.सं. १९५३ भाद्र कृष्ण कुुेऔँसीकै दिन ३० वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए । 

नेपाली साहित्यको शृंगार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए।

यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको हो । दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्दै छन् ।

सुझावित समाचार