गोमन सर्पले टोकेकाे बिरामी धामीझाँक्रीको भर पर्दा...

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

विषालु गोमन सर्पले डसेपछि तत्काल उपचारका लागि अस्पताल ल्याइनुपर्ने महिलाको धामीझाँक्रीको भर पर्दा मृत्यु भएको छ । शौचालयबाट फर्किने क्रममा शनिबार दिउँसो करिब ३ बजेतिर देब्रे खुट्टामा सर्पले डसेकी सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका- ३ परिहारपुर गाउँ माइती रहेकी करिब ३० वर्षीया सरिताकुमारी सदायको शनिबार अपराह्न मृत्यु भएको हो ।

सर्पले डसेको थाहा पाएपछि घरका मानिसले डसेको भागमाथि डोरीले बाँधेर गाउँकै धामीझाँक्रीकोमा लगेको आफन्तले बताएका छन् । अवस्था गम्भीर बन्दै गएपछि धामीले अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए । अन्तिम अवस्थामा अस्पताल ल्याएकी उनको उपचार सुरु भएलगत्तै मृत्यु भएको अस्पतालले जनाएको छ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगर विवाह भएकी उनी माइतीमै बस्दै आएकी थिइन् । इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले मृतकको आइतबार बिहान पोस्टमार्टम गरी सम्बन्धित परिवारलाई जिम्मा लगाइने जानकारी दिए । 

सुझावित समाचार