नारायणी नदीकिनारमा महिलाको शव

शनिबार, १५ भदौ, २०८१
डिजिटल संस्करण

नारायणी नदीकिनारमा एक महिलाको शव फेला परेको छ। 
देवचुली नगरपालिका– १, मेगापार्कस्थित नारायणी नदीकिनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो। 

महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। घटनाको मुचुल्का तयार पारेर शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सुझावित समाचार