टेन प्लास्टको ब्रान्ड एम्बेसडरमा सोमपाल कामी नियुक्त

शनिबार, १५ भदौ, २०८१
डिजिटल संस्करण

नेपाली क्रिकेट टोलीका फास्ट बलर सोमपाल कामी टेन प्लास्टको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। भैरहवामा एक कार्यक्रम आयोजित गरी टेन प्लास्टका प्रबन्ध निर्देशक धीरज अग्रवालले सोमपाललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेका हुन्।

विगत ३० वर्षभन्दा अघिदेखि नै सामान्य कारोबारबाट सुरु गरेको यस टेन ग्रुपले पश्चिमी नवलपरासीको रामग्राम नगरपालिकामा स्थापना भएको टेन प्लास्टले उच्चस्तरीय वाटर टैंक, सिपिभिसी, पिभिसी पाइप तथा फिटिङ सामग्री उत्पादन गरिरहेको छ। 

कार्यक्रमलाई सम्बोधन सोमपालले विगत दश वर्षदेखि क्रिकेट खेलिरहेको भए पनि अहिले टेन समूहमा जोडिन पाउँदा आफूलाई धेरै खुसी लागेको बताए।

क्रिकेटर सोमपालले क्रिकेट खेल्दा लगाउने जर्सी नं १० रहेको र आफ्नो ब्रान्डको नामसमेत टेन नै रहेकोले यी दुई कुराको समिश्रणले ब्रान्डलाई जनमानसमा सजिलै चिनाउन सान्दर्भिक हुनुका साथै खेल तथा खेलाडीहरूका लागि पनि आफूले केही योगदान गर्न पाएकोमा आफू हर्षित भएको बताए। 
 

सुझावित समाचार